समाज

ढुंगा लागेर घाइते महिलालाई हेलिकप्टरबाट उद्धार गरी ल्याइयो काठमाडौं

Banner

काठमाडौं, पुस ८-

उत्तरी गोरखामा ढुंगा लागेर घाइते भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका बिही गाउँमा ढुंगा लागेर घाइते भएकी २१ वर्षीया छानी गुरूङलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।

उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। उनको उपचार जारी छ। उनी धार्चे गाउँपालिका वडा नम्बर २ की हुन्। उनको टाउकोमा ढुंगा लागेको थियो।

गोरखा १ का सांसद राजेन्द्र बजगाईंले समन्वय गरी घाइते महिलालाई उपचारका लागि काठमाडौं ल्याएका छन्। उनले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>