खेलकुद

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीका नाममा ग्रह शान्ति पूजा गुर्दे एक युवक

Banner

हेटौँडा, पुस ३-

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् । शनिवार मकवानपुरको हेटौँडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् ।

उनले समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा–अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले ग्रह पूजा गरेको बताए । मेस्सीलाई विश्वकप जित्न ग्रहहरूले वाधा–अड्चन नपुर्‍याओस् भन्ने उद्देश्यले ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकपको फाइनल खेल हुँदै छ । उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । अर्जेन्टिना र फ्रान्स दुवैले दुईरदुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>