मनोरञ्जन

माछापुच्छ्रे गाउँपालिकामा सुरु भयो ‘प्रसाद २’ को छायांकन

Banner

काठमाडौं, मंंसिर २९-

कलाकार हेरफेरसँगै फिल्म ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन आज देखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको निर्माताले जानकारी दिएका छन् ।

४० दिनको छायांकन तालिका छ । आज बिहान भएको मुहूर्तमा कलाकारद्वय विपिन कार्की र केकी अधिकारीले सट दिए । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।

निर्माता सुवास थापा र अभिनेता विपिन कार्कीबीच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>