बलिउड/हलिउड

बलिउड गायक सनम पुरीले नयाँ प्रमिका सार्वजनिक गर्दे मिस नेपाल अस्मि श्रेष्ठलाई दिए ब्रेकअप

Banner

काठमाडौं मंसिर २९-

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे ।

सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ ।

अस्मी र सनम दुवैले इन्स्टाग्रामबाट एकअर्काका तस्वीर मेटाएका छन् । केही समययता दुवैले एकअर्कासँगका तस्वीर पनि राख्न छाडेका छन् । केही समयअघि नै उनीहरुबीच ब्रेकअप भएको निकट स्रोतले जनाएको छ ।

प्रेममा रहँदा सनमले अस्मीलाई सम्बोधन गर्द मर्मस्पर्शी प्रेमपत्र पनि लेखेका थिए, जहाँ उनले अस्मीलाई भविष्यकी रानी भन्दै प्रशंसा गरेका थिए । तर यतिबेला यो जोडी अलग भएको छ ।

सनमले नयाँ प्रेमिका सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममार्फत नागाल्याण्डकी एक गायिकालाई प्रेमिकाको रुपमा चिनाएका छन् । कमेन्ट्समा फ्यानले सनमलाई नागाल्याण्डकी युवतीको मन जितेको भन्दै बधाई पनि दिइरहेका छन् ।

उनको ब्रेकअपको चर्चा नेपालमा समेत चलिरहेको छ । सामाजिक सञ्जालमा कतिपयले सनमले नेपालकी अस्मीलाई धोका दिएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>