मनोरञ्जन

पशुपति दर्शनपछि विवेक ओबरायले भनेः मन शान्त भएको अनुभूति भयो

Banner

काठमाडौं, मंसिर २९-

सपरिवार नेपाल घुम्न आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज पशुपतिनाथ दर्शन गरेका छन् । बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिमा पूजाअर्चना गरेका हुन् ।

पशुपतिमा पूजा गरेपछि बाहिरिँदा उनीहरुले पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको बताए । त्यस्तै अहिले आउँदा मन शान्त भएको उनको भनाइ छ ।

पशुपतिपछि उनीहरु चन्द्रागिरी घुम्न जाने कार्यक्रम छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।

त्यहाँबाट पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीबाट काठमाडौं फर्किएर भारत जाने उनीहरुको योजना छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>