बलिउड/हलिउड

भारतीय अभिनेता ओबराय नेपालमा

Banner

काठमाडौँ, मंसिर २९–

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न आएका छन् । उनी परिवारसहित घुम्न नेपाल आएका छन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसाइँका क्रममा उनले पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>