बलिउड/हलिउड
सपरिवार सहित नेपाल भ्रमणमा आज आउँदै बलिउड अभिनेता विवेक ओबराय
०

काठमाडौं मंसिर २८-
बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् । परिवारसहित नेपाल आउन लागेका ओबरोय आज साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ हुने तालिका रहेको छ ।
नेपाल रहँदा उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्ने तालिका रहेको छ ।
उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । यसअघि भिडिओ सन्देश जारी गर्दै उनले भनेका थिए, ‘नेपाल यस्तो देश हो, जससँग भारतको वर्षौँदेखि सुन्दर सम्बन्ध, एकता छ । हामी नेपाली र नेपाली हामीजस्तै छौँ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























