बलिउड/हलिउड

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोणको ‘पठान’ लाई गीत चोरीको आरोप

Banner

काठमाडौं, मंसिर २८- 

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण आगामी फिल्म ‘पठान’लाई लिएर चर्चामा छन्।

जनवरी अन्तिम साता रिलिज हुने यो एक्सन फिल्मको पहिलो गीत बेशरम रंगु सार्वजनिक भएसँगै विवादमा फसेको छ। भारतीय सञ्चारमाध्यम अमर उजालाु का अनुसार उक्त गीतमा गायिका जैनको सुपरहिट गीत  ‘माकेबा’  को धुन चोरिएको छ। ट्वीटर प्रयोगकर्ताहरूले प्रमाणसहित ‘बेशरम रंग’ र’माकेबाु’दुवै गीतको भिडिओ क्लिप सेयर गरिरहेका छन्।

यति मात्र होइन, दीपिका पादुकोणले अभद्र नृत्य गरेको भन्दै ट्रोल भइरहेको छ। गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ुबायकट ट्रेन्डु सुरू भएको छ।

एक प्रयोगकर्ताले गीत चोरिएको बताउँदै लेखेका छन्, गीतको पृष्ठभूमि जैनको गीत माकेबाु सँग मिल्दोजुल्दो छ। मलाई आशा छ बलिउडले अरू पनि गीत चोर्ने छ।

शिल्पा राव, कारलिसा मोन्टेइरो, विशाल र शेखरले गाएको गीतमा शब्द कुमारको छ भने संगीत विशाल र शेखरले दिएका छन्। स्पेनिस शब्द विशाल ददलानीले लेखेका हुन्।

यो गीत १२ डिसेम्बरमा सार्वजनिक गरिएको हो। यति बेला गीत युट्युब ट्रेन्डिकको चौथो नम्बरमा छ। गीतलाई अहिलेसम्म ३ करोड ३६ लाखभन्दा बढीले हेरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>