मनोरञ्जन

दीपक-दीपाको फिल्म हल वैशाख १ देखि, फ्रेन्चाइजको जिम्मा आईएनआईलाई

Banner

काठमाडौं,मंसिर २७-

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो ।

शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । तर ‘छक्कापञ्जा ४’ले फागुन १९ लाई प्रदर्शन मिति घोषणा गरिसकेकाले दीपक(दीपाकै हलमा उक्त फिल्मको ओपनिङ हुनेछैन ।

दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । वैशाख १ गते रिलिज हुने फिल्महरु जारी, नाइँ नभन्नु ल ६ र भगवत् गीताको कारण यो नयाँ हलले राम्रैसँग दर्शक तान्ने अपेक्षा छ ।

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका काठमाडौंमा योसहित दुई फ्रेन्चाइज पुगेका छन् भने यसअघि पोखरा, बुटवल र चितवनमा पनि हलले आउटलेट विस्तार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>