मनोरञ्जन
सलोन-करिश्माको विवाहमा आधारित ‘राजा रानी’ म्यूजिक भिडिओ ट्रेन्डिङमा
०

काठमाडौं, मंसिर २६-
अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका हुन् । टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ ।
आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । सलोनलाई राजा र करिश्मालाई रानीको रूपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडिओमा उनीहरूको विवाहलाई उतारिएको छ ।
बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि, करिश्मा भित्रिँदासम्मको दृष्य म्यूजिक भिडिओमा देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















