Breaking News

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा कोटाभन्दा बढी नाम बुझाइयो

Banner

जनकपुरधाम, मंसिर २५-

मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ । प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन । नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका छन् ।

जसपाको आयोगलाई गरेको सिफारिसमा विन्दुकुमारी यादव (महोत्तरी), किरण कुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिला कुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो। युसुफ अलि (सप्तरी), मनिष कुमार सुमन (सप्तरी)को नाम समेटिएको छ ।

जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरुको नाम छनोट गरिएको उल्लेख छ । बुझाएकामध्ये ३ उम्मेदवार सांसद बन्न बञ्चित हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>