Breaking News

चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको चिरान काठ बरामद,सांसद आफै पुगे लुकाएको काठ निकाल्न

Banner

चितवन,मंसिर २३-

भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारी स्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज (शुक्रवार) सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो ।

‘जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ पायौँ,’ डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले भन्नुभयो, ‘अनुसन्धान गर्न काठ बरामद गरेर ल्याएका छौँ ।’ अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उहाँले बताउनुभयो ।

जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दावि गरेको छ । ‘पार्क भित्र ढलेको रुख थियो । त्यसलाई प्रयोग गरेर पुल र गेट बनाउने समितिले निर्णय गरेको थियो,’ जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले भन्नुभयो, ‘पार्क निर्माणकै लागि काठ चिराएर राखेका हौँ ।’ शुक्रवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल लगायतको टोली सूचनाको आधारमा त्यस स्थानमा पुगेको थियो । अनुसन्धानपछि दोषि पाइए उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>