मनोरञ्जन
लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले गरे विवाह
०

काठमाडौं, मंसिर २३-
लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । आज बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।
इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















