बलिउड/हलिउड

सिंघम ३ मा लेडी सिंघमको भूमिकामा दीपिका पादुकोण

Banner

काठमाडौं, मंसिर २३-

रोहित शेट्टीको सिंघम ३ मा दिपीका पादुकोणले लेडी संघमको भूमिका निभाउने भएकी छन्। फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले चाँडै आफूले ‘सिंघम अगेन’ को छायांकन गर्ने घोषणा गरेका हुन्।

उनले यसका लागि नायिका पनि निश्चित गर्दै दीपिका पादुकोणलाई अनुबन्धित गरिएको जानकारी दिए। ‘मान्छेलाई कहीँ न कहीँबाट थाहा हुन्छ। तर म आफैं भन्छु। हामीले जुन फिल्म बनाउन गइरहेका छौं त्यो सिंघम ३ हो। सबैले धेरैपटक सोध्ने गरेका छन् कि हिरोइन को हुन्छरु आज म सबैको सामू भन्छु– हिरोइन दीपिका पादुकोण हुनेछिन्,’ उनले भने।

यसैबीच उनले आफ्नो फिल्ममा दीपिका महिला प्रहरी अफिसरको भूमिकामा देखिनेसमेत खुलासा गरे।

‘मानिसहरूले मलाई सोध्छन् कि तपाईँको पुलिस ब्रह्माण्डमा महिला पुलिस अफिसरको भूमिका कसले निभाउँलारु त्यसैले आज तपाईँलाई बताउन चाहन्छु दिपिका सिंघम ३ मा लेडी सिंघमको भूमिकामा देखिनेछिन्। अर्को वर्ष फिल्मको छायांकन सुरू गर्नेछौं’, उनले भने। रोहितको यो घोषणापछि रणवीरले पनि यो खबरबाट आफू उत्साहित भएको बताए।

‘दीपिकाले अहिलेसम्म धेरै फिल्ममा काम गरिसकेकी छिन् तर चेन्नई एक्सप्रेसमा उनको मीनम्माको भूमिका मेरो लागि निकै विशेष छ। रोहित शेट्टी र दीपिकाले सँगै काम गरेकोमा म निकै उत्साहित छु’, उनले भने।

रोहित शेट्टीको कप युनिभर्समा सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी जस्ता फिल्महरू छन्। सिंघम फ्रेन्चाइजमा अजय देवगन मुख्य भूमिकामा छन्। दीपिका पनि यस फ्रेन्चाइजको हिस्सा बन्न लागेकी हुन्, यो फिल्म २०२३ को अन्त्यमा रिलिज हुने अपेक्षा गरिएको छ।
एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>