Breaking News
चलखेलको आरोप लगाउँदै रास्वपा कार्यालयअघि कार्यकर्ताले गरे खबरदारी
०

काठमाडौं, मंसिर २२
समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।
रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो । तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा खबरदबारी कार्यक्रम गरिएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनिसकेको छ । रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जितेको छ । त्यस्तै समानुपातिकमा १३ सीट पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























