Breaking News

क्रूर अपराध : श्रीमतिको टाउ काटेर प्लाष्टिकमा हालेर हिँड्ने व्यक्ति पक्राउ

Banner

काठमाडौँ, मंसिर २१–

यतिबेला लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । सरोकारवाला निकायले विभिन्न सचेतनाको कार्यक्रम गरिरहँदा सुर्खेतमा महिलामाथि एउटा क्रूर अपराध भएको छ ।
सुर्खेतको पञ्चपुरि नगरपालिका–३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले आफ्नो श्रीमतिको हत्या गरेका हुन् । हत्यापछि उनी श्रीमतिको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए ।

भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>