अन्तर्राष्ट्रिय

सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक ओबराय

Banner

काठमाडौं, मंसिर २०-

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले एक साताको बसाइमा आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् । उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।

त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना छ ।

‘नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ,’ भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं । २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु ।’

नेपाल भ्रमणलाई लिएर आफू उत्साहित रहेको बताउँदै ओबरायले आफ्नो भ्रमणले नेपालको पर्यटनलाई सघाउने विश्वास लिएका छन् । ‘नेपाल घुमिसकेपछि मैले अरुलाई पनि नेपाल घुम्न जान र महसुस गर्न प्रेरित गर्नेछु,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>