बलिउड/हलिउड
‘हेराफेरी ३’मा अक्षयकुमार फर्किंदै

काठमाडौं, मंसिर २०-
‘हेराफेरी’ बलिउड फिल्मको लोकप्रिय श्रृंखलामध्ये एक हो । राजु, श्याम र बाबुरावका तीन पात्रहरु चर्चित मात्र नभएर अक्षयकुमार, सुनिल सेट्टी र परेश रावलका पर्यायबाची समेत बनेका छन् ।
पछिल्ला दुई महिनामा हेराफेरी तीन यसको कास्टिङको कारणले चर्चामा छ । अक्षयकुमार बाहिरिएपछि कार्तिक आर्यनले धेरैले रुचाउने फ्रेन्चाइजमा प्रवेश गर्ने पक्का भएको थियो । बलिउडमा खिलाडी उपनामले समेत चिनिने अक्षय स्वयंले ‘हेराफेरी ३’ नगर्ने बताएका थिए । त्यसपछि सुनिल सेट्टी र परेश रावलले फिल्ममा कार्तिक आर्यनको संलग्नताको पुष्टि गरे ।
लगत्तै सामाजिक सञ्जालमा दर्शक र फ्यानले ‘नो अक्षयकुमार नो हेराफेरी’ ह्यासट्गामा अभियान थाले ।
बलिउड वेबपोर्टल पिंकभिल्लाका अनुसार फिरोज नाडियावालाले अक्षयलाई राजु पात्रकै रुपमा फर्काउन पुनः अक्षयसँग कुराकानी सुरु गरेका छन् । कार्तिक आर्यनको कास्टिङका लागि कागजी प्रक्रिया सुरु भए पनि पुनः कास्टिङको अर्को चरण सुरु भएको छ ।
























