Breaking News
अध्यक्ष ओली र सभापति रवि सँगै यी १२ सांसदले कटाए ४० हजार भन्दा बढी मत

काठमाडौँ, मंसिर १८-
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४० हजारभन्दा बढी मत ल्याएर १२ सांसदले चुनाव जितेका छन् । जस्मा झापा ५ बाट ५२ हजार ३१९ मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्। यस्तै चितवन क्षेत्र नम्बर २ बाट ४९ हजार ३०० सर्वाधिक मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा छन्।
तेस्रो सर्वाधिक मत ल्याउनेमा मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा छन्। उनले ४८ हजार ६३१ मत ल्याएर चुनाव जिते। रामेछापबाट विजयी भएका नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याएर विजयी भए।
यी हुन् सर्वाधिक मत ल्याएर विजयी हुने १२ सांसद
के.पी शर्मा ओली (एमाले)-५२३१९
रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)-४९३००
सुनिलकुमार शर्मा (नेपाली काँग्रेस) -४८६३१
पूर्णबहादुर तामाङ (नेपाली काँग्रेस)- ४७०९९
गोकुलप्रसाद बाँस्कोटा (एमाले) -४५३४५
प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) – ४२७६१
टोपबहादुर रायमाझी (एमाले) ४२७६५
पूर्णबहादुर खड्का (नेपाली काँग्रेस)- ४२६०७
वर्षमान पुन (माओवादी केन्द्र)- ४१७१४
सूर्यबहादुर थापा क्षेत्री (एमाले) – ४१११८
भगवती चौधरी (एमाले)- ४०७८८
राजेन्द्र प्रसाद लिङ्देन (राष्ट्रिय प्रजातन्त्र पार्टी) ४०६६२


























