Breaking News

बधाईको स्टाटस लेख्दै पद्माले भनिन्-कब्जा मत नस्वीकारे पनि सबै कुरा भुलेर सहकार्य गर्न प्रतिबद्ध छु

Banner

काठमाडौँ, मंसिर १८-

स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले बधाई दिएकी छन् । सामाजिम सञ्जालमा बधाईको स्टाटस लेख्दै उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।

उलनेले लेखेकी छन्, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’

सामाजिक सञ्जालमा स्टाटस:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>