चितवन विशेष

अंग्रेजी नयाँ वर्षमा क्याम्पाचौरमा दुई दिने ‘चितवन म्युजिक फेस्ट’ हुने

Banner

चितवन, मंसिर १७–

अंग्रेजी नयाँ वर्षको अवसरमा दुई दिने ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ । एस्ट्रल युथ सोसाइटीसंगको सहकार्यमा डिजिफ्लाई ब्राण्डिङ एजेन्सीले आउँदो पुस १६ र १७ गते नारायण्गाढस्थित क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आयोजक एजेन्सीले आज भरतपुरमा पत्रकार सम्मेलन गरि म्युजिक फेस्टमा फुड स्टलहरु समेत रहने जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु सबिन राई, नविन के भट्टराई, कबवेब व्याण्ड, कालीप्रसाद बास्कोटा, दि एलिमेन्ट्सको प्रस्तुत रहने आयोजक डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका प्रमुख प्रसुन श्रेष्ठले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन अहिले देखिनै तयारी भइरहेको जानकारी दिए ।

यस कार्यक्रममा सांगीतिक प्रस्तुती मात्र हुने छैन विशेष खानाका परिकारकाहरु समेटिएको फुड स्टलहरु समेत रहने छन् । जहाँ १७ वटा स्टलहरु रहने छन् । फुड स्टल व्यवसायीहरुका लागि निःशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै गेम स्टल, फेस पेन्टिङ स्टलहरु समेत रहने छन् ।

कार्यक्रममा प्रवेशका लागि दुई किसिमको टिकट व्यवस्था गरिएको एस्ट्रल युथ सोसाइटीका प्रमुख प्रकाश भुजेलले जानकारी दिए । उनका अनुसार पाँच सयको रेगुलर र एक हजारको भिआइपी टिकट व्यवस्था गरिएको छ ।

कार्यक्रममा १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यस कार्यक्रम सम्पन्न गर्न ६५ लाख रुपैया खर्च लाग्ने बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>