Breaking News

ट्रायल सेन्टरको दबाबमा बागमतीका मुख्यमन्त्रीले रोके ७० अंक ल्याए पास हुने प्रणाली

Banner

काठमाडौँ, मंसिर १७–

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ट्रायल सेन्टरहरुको दबाबमा परेर सवारी लाइसेन्सको लागि लागु भएको नयाँ मापदण्ड कार्यान्वयन गर्नलाई रोकेका छन् । नयाँ मापदण्ड तत्काल लागु नगर्न पाण्डेले यातायात कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंक ल्याए पास हुने प्रणाली आइतबारदेखि लागु हुँदै थियो । उक्त प्रणालीको उद्घाटनका लागि यातायात मन्त्री घनश्याम दाहाल काठमाडौँ पुगिसकेका छन् । चाबहिल यातायात कार्यालयबाट उद्घाटन गर्ने तय भएकोमा मुख्यमन्त्री कार्यालयले हस्तक्षेप गरी नयाँ प्रणाली लागु गर्नलाई रोकेको हो ।

यातायात मन्त्रालयले सातबुँदे निर्देशनसहितको पत्र पठाएर यातायात कार्यालयलाई अंक प्रणाली मिलाउन भनेको भोलिपल्ट मुख्यमन्त्री कार्यालयले रोक्ने निर्देशन दिएको हो । ट्रायल सेन्टरले आफूखुसी सेवाग्राहीबाट आर्थिक लाभ लिइरहेकाले नयाँ प्रणाली लागू गर्न अटेर गरेको प्रदेश यातायात मन्त्रालयका अधिकारी बताउँछन् ।

मुख्यमन्त्री कार्यालयको अवरोध भने यो दोस्रो पटक हो । गत असोज २ मा अंक प्रणाली लागू गर्न भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा उद्घाटनको तयारी सकिएपछि मुख्यमन्त्री कार्यालयले पत्र पठाएर रोकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>