चितवन विशेष

फोहोर नारायणीको बगरमा पुरेको भन्दै विरोध, भरतपुर महानगरपालिकामा धर्ना

Banner

चितवन, मङ्सिर १७-

चितवन महोत्सवका लागि ठाँउ बनाउन प्लास्टिकजन्य फोहोर नारायणी नदीको बगरमा पुरेपछि विरोध भएको छ । उद्योग वाणिज्य संघ चितवनले आयोजना गर्ने महोत्सवका लागि नदीले बनाएको खाल्डोमा फोहोर हालेर सम्याइएपछि विरोध भएको हो ।

फोहोर पुरिरहेको फोटो राष्ट्रिय समाचार समितले प्रकाशित गरेपछि उक्त कार्यको भरतपुरका सरसफाई तथा वातावरण संरक्षण अभियान्ता र युवाहरुले विरोध गरेका छन् । उनिहरुले नदी किनारमा गाडिएको फोहोर निकालेर सुरक्षित रुपमा अन्यत्र विसर्जन गर्न मात्र गर्दै आज (शुक्रबार) महानगरपालिका परिसरमा धर्ना दिएका छन् । विभिन्न प्लेकार्ड बोकेका उनिहरुले वातावरण संरक्षणमा महानगरपालिका गम्भिर नबनेको आरोप लगाए । प्लेकार्डमा ‘हामी त महोत्सवमा रमाऔंला तर हामी पछिको पुस्ता त पछुताउनुपर्छ नि, अर्को पुस्ताका लागि हाम्रो केही जिम्मेवारी नै छैन ? भनेर लेखिएको थियो ।

सरसफाई तथा वातावरण संरक्षण अभियान्ता सागर कार्कीले फोहोर हटाउन दवाव दिनका लागि महानगरपालिकामा धर्ना दिएको बताउनुभयो । उहाँले महानगरपालिका उपप्रमुखले निर्देशन दिँदा पनि फोहोर नउठेको भन्दै आफुहरुले चरणबद्ध दबाब दिने बताउनुभयो । उहाँले आवश्यक परे आफै अभियान्ताहरुले कोदालोले खनेर फोहोर निकाल्ने र अदालत सम्म जाने उल्लेख गर्नुभयो ।

‘हामीले नदी किनारको फोहोरले पर्यावरण, मानव जाति र जल प्रणालीलाई पर्ने असर बुझेर विरोध गरिरहेका छौं,उहाँले भन्नुभयो’,सरोकारवाला निकाय मौन छन् ।’ नदी किनारमा महोत्सव गर्ने नाममा १५० भन्दा बढि ट्याक्टर फोहोर गाडिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ विज्ञहरूको परामर्शका आधारमा फोहोरले खाल्डो पुरेको बताउनुभयो । श्रेष्ठले वातावरणीय प्रभावको अध्ययन गरेर महानगरको समन्वयमा विज्ञहरूको राय लिएर कुहिने फोहोरलाई खाल्डोको पिँधमा राखेको र त्यसलाई राम्रोसँग माटोले छोपेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>