Breaking News
चितवनको इच्छाकामना-५ ठङराङमा लटरम्म फलेको सुन्तला (तस्विर/भिडियो)
०

चितवन, मंसिर १६-
चितवनको इच्छाकामना–५ ठङराङमा यसबर्ष लटरम्म फलेको सुन्तला फलेको छ । अहिले यहाँ उत्पादन भएको सुन्तला बजारमा जान थालेको छ । तामिन क्षेत्रका धेरै सुन्तलाको बोट मरेपनि ठङराङको बगैँचामा एउटा बोटमा तीन कुन्टलसम्म सुन्तला फलेको तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ ठङराङको सुन्तला बगैचामा पहेँलपुर भएर सुन्तला पाकेका छन् । हरेक बोटमा लटरम्म सुन्तला फलेको देख्न सकिन्छ ।’ यहाँ उत्पादन भएको सुन्तला पुस महिनासम्ममा टिपेर बजार पठाइन्छ । यहाँको सुन्तलाको मुख्य बजार क्षेत्र मुग्लिन हो । यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो छ,मनकामना र तामिनको सुन्तलामा केही फरक छैन,नेपालले भन्नुभयो ।
तस्विर र भिडियो हेर्नुहोस्









तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























