चितवन विशेष

क्यान्सरसंगै जुध्दै गरेका थारु गीतका गायक पुनलाई आर्थिक सहयोग

Banner

चितवन, मंसिर १५–

१५ वर्षअघि थारु गीतसंगीत निकै कम सुन्न पाइन्थ्यो । सिमित कलाकारहरुले मात्रै थारु गीत संगीतलाई अगाडि बढाउँथे । अहिले थारु गीतसंगीतले धेरै नै फड्को मारीसकेको छ । जतिबेला थारु गीत निकाल्न कठिन थियो त्यही बेला बाँकेका तीर्थमान पुनले थारु गीतमा आवाज दिए । उनका सबै साथीहरु थारु नै भएकाले सबै मिलेर थारु एल्बम निकाल्ने सल्लाह भयो ।

थारु सांस्कृतिक पहिचानलाई अगाडि बढाउने उद्देश्यले उनीहरुले ‘फुलर बगिया’ नामको एल्बल निकाले । अन्य साथीहरुले एउटा–एउटा गीतमा आवाज भरे भने तीर्थले दुई वटा थारु गीतमा आवाज भर्ने मौका पाए । यो २०६४ साल तिरको कुरा हो । यसरी थारु गीतसंगीतलाई माया गर्ने तीर्थ अहिले भने जीवनमरणको दोषाधमा छन् ।

मुखको क्यान्सर भएपछि उनै गायक अहिले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । एक पटक मुखको क्यान्सरको शल्यक्रिया भइसकेको छ । तर पुनः बल्झीएपछि उनी अहिले यही अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएकाले उनलाई उपचारमा कठिनाई भइरहेको छ । यही अवस्थालाई बुझेर बाँकेका स्थानीय युवाहरुले आर्थिक संकलन गरेर गायक पुनलाई सहयोग गरेका छन् । उनलाई अस्पतालमै पुगेर एक लाख १ हजार ९०५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको बाँकेका पत्रकार हेमन्त चौधरीले जानकारी दिए । थारु गीतसंगीतलाई अगाडि बढाउन योगदान दिएका व्यक्तिलाई सबैले सहयोग गर्न आवश्यक रहेको भन्दै स्थानीय युवा, समाजसेवीहरुले रकम संकलन गरि हस्तान्तरण गरिएको बताए ।

सहयोग रकम ग्रहण गर्दै पुनले दुःखमा साथ दिने सबैलाई धन्यवाद दिए । उनले उपचारका लागि आफूसंग पैसाको अभाव रहेको भन्दै सहयोगको याचना समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>