मनोरञ्जन

मिस अर्थमा इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट

Banner

काठमाडौं, मंसिर -१४

मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् ।

पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरिन् । मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो । सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् जसलाई निकै रुचाइएको थियो ।

संसारका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो । मिस अर्थको यो २२ औं संस्करण थियो जहाँ वातावरण संरक्षणका मुद्दाहरु प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>