मनोरञ्जन

मेहेन्दी उत्सवमा रमाए सलोन र करिश्मा,भोलि विवाह

Banner

काठमाडौं, मंसिर ११-

अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको थियो । सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन । करिष्मा पेसाले एयर होस्टेस हुन।

मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँ लगाएतको उपस्थिति रहेको छ। मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ उनीहरुले नाचगानसहित रमाइलो गरिरहेका छन्।

सलोनका बुवा तथा फिल्म निर्देशक शोभित बस्नेतले दिएको जानकारी अनुसार सोमबार चन्द्रागिरी रिसोर्टमा हुने विवाह समारोहमा १ हजार २०० जति जन्ती उपस्थित हुने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>