Breaking News
देउवा–प्रचण्ड छलफल: यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत
०

काठमाडौं, मंसिर १०-
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेदेखि एक घन्टासम्म भएको छलफलमा चुनावी नतिजा र आगामी सरकार निर्माणबारे चर्चा भएको थियो।
छलफलमा देउवा र प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत भएको प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले बताउनु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























