मनोरञ्जन

नायक सलोन बस्नेत र मोडल करिष्माको मेहेन्दी

Banner

काठमाडौं, मंसिर १०-

नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्। सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन । करिष्मा पेसाले एयर होस्टेस हुन।

मंसिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भइरहेको छ।

करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्।

यो जोडीको मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन सम्पन्न हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>