Breaking News

अथक प्रयासका बाबजुद पराजित भएका ज्ञवालीले भने- विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु

Banner

काठमाडौं, मंसिर ९-

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले अथक प्रयास गर्दा पनि अभियान सफल बनाउन नसकेको दुखेसो व्यक्त गरेका छन् । गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएपछि उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा लिने बताए।

उनले आफूलाई निर्वाचनमा सहयोग गर्नेलाई धन्यवाद दिँदै फेशबुकमा लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’

उनले आफू संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति निरन्त काम गर्ने बताएका छन्।

उनले गरेको फेसबुक पोष्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>