Breaking News

चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

Banner

चितवन, मंसिर ८-

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन- २ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>