Breaking News

दाजुको सम्बोधन लगाउदै बिष्टलाई झाँक्रीको बधाई, भनिन्- विश्वविद्यालयमा पढेभन्दा बढी सिकें

Banner

गुल्मी, मंसिर ७-

गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।

बिष्टलाई ‘दाजु अग्रज’ को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत् भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’

नेतृ झाँक्रीले निर्वाचनमा सहभागी हुँदा समाज अध्ययन गर्न सजिलो भएको बताएकी छन् । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पींधसम्म पुगेर हेर्ने, बुझ्ने र जान्ने मौका पाएँ ।’

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>