Breaking News

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

Banner

तनहुँ, मंसिर ७–

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका छन्। निर्वाचन अधिकृत गोविन्द उपाध्यायका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गरे।

कुल ६८ हजार ८१७ मत खसेकोमा तीन हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>