काठमाडौँ

ललितपुर ३ मा तोसिमाले माओवादीकी पम्फा भुसाललाई पछि पारिन्

Banner

काठमाडौं, मंसिर ६-

ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले अग्रता बढाएकी छन् । एमालेका अमृत खड्कासँग अहिले उनको १५५९ मतको दुरी छ ।

पछिल्लो अपडेट अनुसार तोसिमाको चुनावचिन्ह घन्टीमा अहिलेसम्म ६ हजार २ सय ६९ मत खसे्को छ । एमालेले ४ हजार ७ सय १० मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने पछि पर्दै गएकी छन् । उनले २ हजार ६ सय ९४ भोट ल्याएकी छन् । अहिलेसम्म यस क्षेत्रमा १५ हजार ४०० भोट गनिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>