Breaking News

समानुपातिक मतमा रवि नेतृत्वको पार्टी तेस्रो स्थानमा, माओवादीलाई उछिन्यो

Banner

काठमाडौं,मंसिर ६-

निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ तेस्रो स्थान लिएको छ । अलिहेसम्म नेकपा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । एमालेले अहिलेसम्म ५३ हजार २६० मत प्राप्त गरेको छ भने कांग्रेसले ४८ हजार २९९ मत प्राप्त गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २३ हजार ४१२ मत प्राप्त गरेको छ । माओवादीले भने २० हजार ८७० मत प्राप्त गरेको छ ।

राप्रपाले ११ हजार ३३९ मत प्राप्त गर्दा नेकपा एसले जम्मा २४६८ मत प्राप्त गरेको छ । जनमत पार्टीले ४४६०, जनता समाजवादी पार्टीले ३७५५ र लोकतान्त्रिक समाजवादी पार्टीले २०६२ मत प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>