Breaking News

चितवन १ मा घण्टीले अग्रता बढाउँदै, दुवै प्रदेश क्षेत्रमा एमालेको अगाडि

Banner

चितवन,मंसिर ६-

पछिल्लो मत परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता लिनुभएको छ । चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५०९८ मत प्राप्त गर्नुभएको हो ।

उहाँलाई पच्छाइरहनुभएका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ३८८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३८८४ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मधुप कुमार भट्टराइले ४७६ मत प्राप्त गर्नुभएको छ । गणना भएको मतमा हालसम्म ५१३ मत बदर भएको छ ।

यस्तै प्रदेशतर्फ चितवन १ (क) मा ४५०६ मत गणना भएको छ । जसमा एमालेका जगन्नाथ थपलियाले २०४३ मत प्राप्त गरेर अग्रता लिइरहनुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका किरण भुषण ओलीले १३९३ मतका साथ पच्छाइरहनुभएको छ ।

यस्तै चितवन १(ख) मा एमालेका प्रकाश खनाल शैलेसले २५१३ मत प्राप्त गरेर अग्रता लिइरहनुभएको छ भने एकीकृत समाजबादीका कृष्ण खनालले २०३३ मत प्राप्त गरेर उहाँलाई पच्छाइरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>