अन्तर्राष्ट्रिय

विश्वकप अन्तर्गत आज तीन खेल हुने

Banner

काठमाडौँ, मंसिर ५-

कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् ।

साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ । यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।

राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ ।

राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>