Breaking News

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

Banner

बैतडी,मंसिर ५-

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आशंका छ ।

उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ । उक्त जिपमा १४ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>