Breaking News

जम्काभेटमा प्रकाशमानलाई मिश्रले भने- तपाईंलाई विश्राम चाहिएको छ र काठमाडौं १ का मतदातालाई म

Banner

काठमाडौं, मंसिर ४-

सबैभन्दा पहिलो प्रतिस्पर्धा रहेको काठमाडौंमा क्षेत्र नम्बर १ का दुई उम्मेदावार प्रकाशमान सिंह र रविन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो ।

कांग्रेस उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्र मतदानको अवलोकनका लागि रत्नराज्य महादेवस्थान केन्द्र पुगेका बेला भेट भएका हो । आआफ्ना समर्थकहरुसहित दुवै नेता मतदान केन्द्र पुगेका थिए । सिंहलाई देखेपछि मिश्रले नमस्ते गर्दै बोलाएका थिए । त्यसपछि उनीहरुबीच छोटो संवाद भएको हो ।

सिंहले भने, ‘मनोनयन दर्तामा भेट भएको थियो, आज पनि भयो । अब ५ वर्षपछि फेरि भेटौंला ।’उनको कटाक्षमा मिश्रले जवाफ फर्काए, ‘अर्को पटक उम्मेदवारका रुपमा हाम्रो भेट नहोला । किनकी तपाईंलाई विश्राम चाहिएको छ । काठमाडौं १ का मतदातालाई अब म चाहिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>