Breaking News

मतदान गर्न चितवन आइपुगे प्रचण्ड

Banner

चितवन, मंसिर ३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन्। भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड आज चितवन आएका हुन्। चितवनको शिवनगरस्थित मतदान केन्द्रमा प्रचण्ले मताधिकार प्रयोग गर्ने सचिवालयले जनाएको हो।

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक सुर्य किरणले तस्बिर सेयर गर्दै भनेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>