अन्तर्राष्ट्रिय

विश्वकपको उद्घाटन खेल इटालियन रेफ्री ओर्साटोले खेलाउने

Banner

दोहा, मंसिर ३

इटालियन रेफ्री ड्यानियल ओर्साटोले आसन्न विश्वकपको उद्घाटन खेल खेलाउने भएका छन्। फिफाले आइतबार ओर्साटोलाई आयोजक राष्ट्र कतार र इक्वेडरबीच हुने खेका लागि छनोट गरेको बताएको छ।

फिफाले ‘युरोपका अनुभवी रेफ्रीमध्ये एक’ भनेर वर्णन गरेका ओर्साटो बुधबार ४७ वर्ष पुग्ने छन्। सन् २०१६ सम्म फिफाले अन्तर्राष्ट्रिय खेलका लागि ४५ वर्षको उमेरहद तोकेको थियो।

सन् २०१८ मा रुसमा भएको विश्वकपका ओर्साटो भिडियो रिभ्यू विभागमा थिए। यस्तै, सन् २०२० मा यूईएफए च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए। उक्त फाइनलमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मनलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।

गत वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिपका तीन खेलमा पनि निर्णायकको भूमिका निभाएका थिए। युरो २०२० उनकै देश इटालीले फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै जितेको थियो।

इटालियन रेफ्री ओर्साटोको आधुनिक फुटबलको विश्वकपमा सम्मानित व्यक्तित्व छ। उनले विश्वकपका पछिल्ला पाँचमध्ये तीन फाइनल खेलाएका छन्।

हाल फिफाको रेफ्री कमिटी प्रमुख पेर्लुइजी कोलिनाले सन् २००२ को र निकोला रिज्जोलीले २०१४ को फाइनल खेलाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>