अन्तर्राष्ट्रिय

१ वर्षदेखि कोमामा रहेकी चर्चित पञ्जाबी नायिका दलजीत कौरको निधन

Banner

भारत, मंसिर २

पञ्जाब फिल्म उद्योगकी दिग्गज अभिनेत्री दलजीत कौरको निधन भएको छ । ६९ वर्षको उमेरमा दलजीतको निधन भएको हो । थुप्रै हिट फिल्म दिने दलजीतको पञ्जाब सिनेमामा महत्वपूर्ण योगदान छ ।

उनको निधन बिहिबार १७ नोभेम्बरमा लुधियानामा उनको कजन भाइको घरमा भएको हो । नायिकाका कजन हरिन्दर सिंह खंगुराका अनुसार ६९ वर्षकी दलजीत पछिल्लो तीन वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन् । पछिल्लो एक वर्षदेखि दिलजीत डिप कोमामा थिइन् । नायिकाको शुक्रबार अन्तिम संस्कार गरिनेछ ।

दलजीतले ‘गडबड हे, पटोला, सइदा जोगन, सरपंच, सैदा जोगन, की बनू दुनिया दा, पुत जट्टां दे’ लगायतका चर्चित फिल्ममा काम गरेकी छिन् ।

 

दलजीतले दिल्लीको लेडी श्रीराम कलेजबाट ग्रेजुएशन गरेकी थिइन् । उनले आफ्नो फिल्मी करियर सन् १९७६ मा फिल्म दाजबाट सुरु गरेकी थिइन् । थुप्रै पञ्जाबी फिल्ममा दलजीतले फिमेल लिड रोल प्ले गरेकी थिइन् । दलजीतले आफ्ना श्रीमान् हरमिन्दर सिंह देओलको सडक दुर्घटनापछि फिल्मबाट ब्रेक लिएकी थिइन् । सन् २००१ मा दलजीत पुनः फिल्मी दुनियाँमा आएकी थिइन् । आफ्नो फिल्मी करियरमा दलजीतले १० हिन्दी र ७० पञ्जाबी फिल्ममा काम गरेकी थिइन् । उनलाई पञ्जाबी सिनेमाको हेमा मालिनी भनिन्थ्यो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>