Breaking News
त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजी गरेको आरोपमा केही पक्राउ
०

काठमाडौं, मंसिर २-
सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।
नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























