मनोरञ्जन

ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

Banner

काठमाडौँ, मंसिर २–

ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने ट्विटरले जनाएको छ ।

२१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन । ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो ।

मस्क मालिक बनेदेखि ट्विटर विवादमा पर्दै आएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>