अन्तर्राष्ट्रिय

सन् २०२४ को चुनावमा पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा

Banner

न्युयोर्क, कात्तिक ३०-

‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकनमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ। अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने सम्भावना छ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए। उनले राष्ट्रपतिको मनोनयनमा भाग लिने बताएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>