अन्तर्राष्ट्रिय

भारतीय अभिनेता महेश बाबुलाई पितृशोक

Banner

काठमाडौं, कात्तिक २९-

दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृशोक परेको छ। आज बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो। भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको निधन भएको हो।

श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

दुई महिनाअघि मात्रै महेश बाबुको आमा इन्दिराको निधन भएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए।

यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो। उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो। कृष्णा घट्टामनेनी १९७० र ८० दशकको चर्चित अभिनेता हुन्। उनी तेलुगु फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले परिचित थिए। उनले करिब ३५० फिल्ममा अभिनय गरिरकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>