देश/प्रदेश

‘नाइँ नभन्नु ल ६’को सुटिङ दृश्य टिकटकमा लिक हुँदा छायांकनमा समस्या

Banner

काठमाडौं, कात्तिक २६-

अहिले झापाको विर्तामोडमा छायांकन भएको ‘नाइँ नभन्नु ल ६’को एक महत्वपूर्ण दृश्य टिकटकमा लिक भएको छ । सुटिङ हेरेका दर्शकले चलचित्रको महत्वपूर्ण दृश्य सार्वजनीक भएपछि निर्माता र निर्देशक लाई गोपनीयता कसरी कायम राख्ने भन्ने पिरलो थपिएको छ । दृश्यलाई पुनः छायांकन गर्ने र कथावस्तुको गोपनीयता कसरी कायम राख्ने भन्ने चिनताले उनीहरुलाई सताएको हो ।

उक्त भिडियोमा अभिनेता आशिर्वाद बराल र अभिनेत्री आँचल शर्मा फिल्मको दृष्य देख्दा दुई महत्वपूर्ण तथ्य बाहिर ल्याएको छ । जस्तैमा गितार बोकेका आशिर्वाद र आँचल गफिंदै जेब्राक्रसिङबाट सडक पार गरेको देख्न सकिन्छ । आशिर्वादले सेतो छडी टेक्दै बाटो काटिरहेका छन् । लाग्छ उनी दृष्टिविहीनको चरित्रमा प्रस्तुत हुँदैछन् ।

आशिर्वादको पात्रलाई संगीतप्रति रुचि छ । अर्कोतर्फ आँचल र आशिर्वाद सम्बन्धमा छन् । कम्तीमा फिल्मका यी दुई तथ्यलाई टिकटक भिडियोले पुष्टि गरेको छ । यसअघि पनि छक्कापञ्जा ४, छड्के २ जस्ता फिल्मले पनि टिकटककै कारण छायांकनमा समस्या खेप्नुपरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>