चितवन विशेष

प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा पन्तले गरे आर्थिक सहयोग

Banner

चितवन, कात्तिक १७–

प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा लेखक तथा समाजसेवी सन्तोष पन्तले आर्थिक सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनका साधारण सदस्यसमेत रहेका पन्तले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत नगद ११ हजार १ सय ११ रुपैयाँसहयोग गरेका हुन् । चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान गर्ने ठानेर आफूले गरेको पन्तले बताए । पन्त विभिन्न सामाजिक गतिविधी र विशेष गरी ट्राफिक चेतना एवम् सुरक्षा सम्वन्धी विषयमा कलम चलाउने गरेका छन् ।

चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>