चितवन विशेष

सौराहा चोकमा गठबन्धन दलको कार्यालय उद्घाटन

Banner

चितवन, कात्तिक २–

पूर्वीचितवनको रत्ननगरस्थित सौराहा चोकमा गठबन्धन दलको कार्यालय स्थापना गरिएको छ । आज (बुधबार) एक कार्यक्रमकाबीच नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन दलको निर्वाचन कार्यालयको समुद्घाटन गरे ।

सो क्रममा बोल्दै सभापति खनालले चितवनका सबै निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवारलाई भारी मतान्तरले जिताउन आग्रह गरे । उनले गठबन्धन दलका सबै कार्यकर्ताहरुले एकअर्काको भावनालाई सम्मान गर्दै सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै गठबन्धनबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधिसभा उम्मेदवार अर्थविद् डा.विश्वनाथ पौडेलले यहाँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

यस्तै प्रदेशसभा क्षेत्र नं.१ (ख)का उम्मेदवार कृष्णप्रसाद खनालले संविधानलाई जोगाउनका लागि यो गठबन्धन बनेको भन्दै देशलाई सही दिशामा लैजान गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>