चितवन विशेष

क्यानडा जान चाहने विद्यार्थीका लागि भरतपुरमा भोलि एक्सपर्टको सेमीनार

Banner

चितवन, कात्तिक २–

अष्ट्रेलियाका लागि ख्याती प्राप्त एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्यानडा जान चाहने विद्यार्थीहरुका लागि पनि विशेष सेमीनार आयोजना गरेको छ ।

एक्सपर्ट चितवनले भोलि (बिहीबार) आफ्नै भवनमा क्यानडा, युके र अमेरिकाका लागि विशेष सेमीनार आयोजना गर्न लागेको हो । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैले एक्सपर्ट अब अष्ट्रेलिया मात्र नभई क्यानडा भनेर पनि चिनिन थालेको छ ।

एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले क्यानडा जान चाहने विद्यार्थीको संख्या पनि बढ्दै गएकाले चितवनमै विशेष सेमीनार राखिएको बताए । ‘अष्ट्रेलिया मात्र नभई क्यानडा, युके र युएसए जाने विद्यार्थी बढ्न थालेको छ, उहाँहरुको सहजताका लागि सेमीनार आयोजना गरेका हौं, यसबाट फाइदा उठाउन अभिभाव, विद्यार्थीहरुमा अनुरोध छ’–निर्देशक अधिकारीले भने ।

सेमीनारमा क्यानडाका १० वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, युकेका १९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र युएसएका २२ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा त्यहाँ अध्ययन गर्न आवश्यक मापदण्ड र शिक्षाको बारेमा प्रत्यक्ष रुपमा परामर्श दिनेछन् ।

सेमीनार भरतपुर–१० स्थित रोयल सेन्चुरी पछाडी एक्सपर्टको आफ्नै भवनमा विहान १० देखि अपरान्ह ५ बजेसम्म चल्ने छ । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>